माछापुच्छ्रे बैकको सीइओमा सन्तोष कोइराला नियुक्त

Mar 24, 2020 12:48 PM Merolagni



माछापुछ्रे बैक (MBL) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष कोइराला नियुक्त भएका छन् । बैंक संचालक समितिको सोमबार बसेको बैठकले कामु सीइओ रहेका कोइरालालाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

 

संचालक समितिको बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी कोइरालालाई सीइओमा नियुक्त गरेको हो ।

तत्कालीन सीइओ सुमन शर्माले राजीनामा दिएपछि कोइराला कामू सीइओको जिम्मेवारीमा रहेका थिए । कोइरालाले २ दशक भन्दा बढी बैंकिङ क्षेत्रकाे अनुभव संगालेका छन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।