कोरोनाका कारण ग्लोबल जीडीपी यो वर्ष १.५ प्रतिशतले घट्ने

Mar 25, 2020 11:56 AM Agency



कोरोना भाइरसको प्रकोप महामारीको रुपमा फैलिएसँगै विश्व अर्थतन्त्रमा यसको असर नराम्रोसँग परिरहेको छ। यस्तोमा विश्वका अधिकांश देशहरुले लकडाउन लागू गरिसकेका छन्। 

योसँगै यस वर्ष विश्वको जीडीपी ग्रोथ १.५ प्रतिशतले घट्ने अनुमान गरिएको छ। इंस्टीट्यूट अफ इन्टरनेशनल फाइनान्स (आईआईएफ) ले एक रिपोर्ट जारी गरी विश्वको जीडीपी ग्रोथ घट्ने बताएको हो।

आईआईएफले सन् २०२० मा ग्लोबल जीडीपी ग्रोथको अनुमान २.६ प्रतिशतबाट घटाएर ०.४ प्रतिशतमा झर्ने अनुमान गरेको छ। संस्थानका अनुसार, कोरोना भाइरस, ओपेक देशको प्राइसवारले उदयमान बजारमा झनै ठूलो प्रभाव पार्ने जस्ता अवस्थालाई हेर्दा अर्थव्यवस्थाको अनुमानमा परिवर्तन भइरहनेछ।

आईआईएफले कोरोना भाइरसको आर्थिक असरलाई लिएर भारी अनिश्चितता व्यक्त गरेको छ। विश्वका कतिपय देशहरुले लगाएको र लगाउने क्रममा रहेको लकडाउनको स्थिति कहिलेसम्म जारी रहन्छ भन्ने बारेमा पनि हाल केही भन्न सक्ने अवस्था छैन। यसैगरी, यस्तो स्थिति समाप्त भएपछि पनि उपभोक्ताहरु र लगानीकर्ताहरुसँग सम्बन्धित गतिविधिहरु कहिले सक्रिय हुन्छ भन्ने पनि स्पष्ट नभएको आईआईएफले जनाएको छ।

रिपोर्टका अनुसार, अमेरिका र यूरोपेली देशहरुमा पहिलेदेखि नै मन्दी छ। यस वर्ष अमेरिकाको आर्थिक वृद्धिमा २.८ प्रतिशत र यूरोपेली देशहरुको आर्थिक वृद्धिमा ४.७ प्रतिशतको कमी आउने अनुमान रहेको छ।

कारोना भाइरसको प्रकोप बढेसँगै विश्वव्यापी रुपमा शेयर, कच्चा तेल, सुनचाँदीको मूल्यमा गिरावट आएसँगै उद्योग, कलकारखाना तथा समग्र कारोबारमा नकारात्मक असर परिरहेको छ। योसँगै विश्व अब एउटा गम्भीर मन्दीतर्फ गइरहेको छ। एजेन्सीको सहयोगमा 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।