बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ९ निर्देशन, लघुवित्तले सम्भव भएसम्म सेवा प्रदान गर्नुपर्ने

Mar 25, 2020 03:45 PM merolagani



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने लगायतका ९ वटा निर्देशन दिएको छ। 

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरे पनि नेपाल राष्ट्र बैंकले सम्भव भएसम्म बैंक तथा वित्तीय संस्थाहरुलाइ शाखा कार्यालयहरु खालेर सेवा प्रदान गर्न निर्देशन दिएको छ।

त्यसैगरी एटिएमहरुमा पर्याप्त नगद राख्न र निगरानीको व्यवस्था गर्न निर्देशन दिएको छ। सबै प्रदेशमा स्थानीय प्रशासनसँग समन्वय गरी शाखा खोल्न र खोलिएको शाखा कार्यालयको विवरण तथा सम्पर्क व्यक्तिको सम्पर्क नम्बर बैंकको वेबसाइट र शाखा कार्यालयको मुल ढोकामा टाँस्न निर्देशन दिएको छ।

भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको उचित ब्यवस्था मिलाउन निर्देशन दिएको छ।

त्यसैगरी घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाइ समेत सम्भव भएसम्म शाखा कार्यालय खोली सेवा प्रदान गर्न निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई बुझाउनुपर्ने रिपोर्टहरु परिस्थिति सामान्य भइ नियमित कार्यालय सञ्चालन भएको ७ दिनभित्र पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

 

 




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ