लकडाउन बन्दमा जस्ताे केही समय खुल्ने हुँदैन,सतर्कता अपनाउनु पर्छ : स्वास्थ्य मन्त्री

Mar 25, 2020 05:23 PM Merolagani



स्वास्थ्य मन्त्री भानुभक्त ढकालले लकडाउन अन्दोलन जस्तो नएकोले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

'सर्वसाधारणहरुले लकडाउनलाई आन्दोलन जस्तो सोचर केही समयको बन्दपछि बाहिर निस्किने गरेकाेमा स्वास्थ्य मन्त्रीले त्यसाे नगर्न भनेका छन् । लकडाउन भनेको अन्दोलनमा जस्तो कहिने खुल्ने कहिले बन्द हुने हुँदैन। कोरोना भाइरसको जोखिम रहेकोले लकडाउन गरेको हो । भाइरस फैलिन नदिन सर्वसाधारणहरुले सर्तकता अपनाउनु पर्छ ।' उनले भने । 

मन्त्रालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै समय सीमा भित्र रोग आउने निक्यौल नहुने हुनालै सबै जना सर्तक भएर बस्न समेत आग्रह गरे । 'एक जनाको सानो असावधानीले परिवार, छिमेकी र पुरै राष्टलाई असर गर्न सक्छ ।' उनले भने ।

यद्यपी अतिआवश्यक सामाग्रीको कुनै समस्या नहुने पनि उनले प्रष्ट पारे । राति मात्रै आवश्यकिय सामान ओसार पसार गर्ने तयारी रहेको समेत उनले जानकारी गराए । समस्या र अभाव बढ्दै जादाँ राज्यले सेवा दिने आश्वसान दिने भएकाेले सर्वसाधारण ढुक्क हुन समेत आग्रह गरे ।

यस्तै चीन मार्फत आवश्यक सामान ल्याउने तयारी भएरहेको जानकारी गराउदै उनले ३ तीन भित्र सामान ल्याउने प्रतिवद्धता व्यक्त गरे । यसरी ल्याएका सामानहरु प्रदेश, जिल्ला र प्रभावित क्षेत्रहरुमा विलम्ब नगरी सम्बधित क्षेत्रमा पुर्याउने उनले बताए ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।