लकडाउनपछि नौ सय मेगावाटको अरुण तेस्रोको काम स्थगित

Mar 26, 2020 08:43 AM Merolagani



कोरोना भाइरस सङ्क्रमणको त्रासले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ।

विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नेपालमा समेत देखापरेपछि सरकारले मङ्गलबारबाट लकडाउन गरेको हो। लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको जनाएको छ। भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मङ्गलबारबाट स्थगित गरेको कम्पनीका सिइओ अरुण धिमानले जानकारी दिए।

अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र नेपाली कामदार छन्। सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युतगृहको काम गरिरहेको छ। अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ।

नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्यामसाइड फ्याक्सिदामा भारतीय निमार्ण कम्पनी जय प्रकाश एशोसिएट्स र पावरहाउस रहेको दिदिङमा पटेल इञ्जीनियरिङ कम्पनीले निर्माणकार्यको जिम्मा पाएका छन्। पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९०० मेगावट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ।

प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ। यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त गर्ने विकास सम्झौता पिडीएमा उल्लेख गरिएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।