आकस्मिक राहत प्याकेजमा सम्झौता गरेसँगै अमेरिकी शेयरमा उछाल, अर्थमन्त्रीको कदमले भारतीय शेयर बजारमा सुधार

Mar 26, 2020 01:34 PM Merolagani



कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव कम गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सीनेटले २० खर्ब को राहत प्याकेजमा सहमति व्यक्त गरेसँगै अमेरिकी शेयर बजारमा बढोत्तरी देखिएको छ । 

C6#बुधबार अमेरिकी साथै विश्वभरका अधिकांश शेयर बजारमा बढोत्तरी देखिएको थियो । यसदिन डउ जोन्स २.३९ प्रतिशतको बढोत्तरीका साथ २१ हजार २००.६० को बिन्दुमा पुगेर बन्द भएको थियो ।

बुधबारको सुरुवाती कारोबारमा अमेरिकामा डउ जोन्समा करिब ९ दशकपछि एकदिनको सबैभन्दा ठूलो बढोत्तरी देखिएको थियो ।

उता एसएण्डपी सूचक १.१५ प्रतिशतले बढेर २ हजार ४७५.५६ मा बन्द भएको थियो । यद्यपी अमेरिकाको नास्डाक सूचक भने यसदिन ०.४५ प्रतिशतको गिरावटका साथ ७ हजार ३८४.३० को बिन्दुमा पुगेर बन्द भएको थियो ।

बिहीबार भारतीय शेयर बजार बढोत्तरीका साथ खुलेको छ । यसदिन सेन्सेक्स ५३७ अंक र निफ्टी १३३ अंकले बढेर खुलेको छ ।

योभन्दा पहिले बुधबार बजारमा उच्च बढोत्तरी देखिएको थियो । यसदिन सेन्सेक्स एक हजार ८६१.७५ अंक अर्थात् ६.९८ प्रतिशतको बढोत्तरीका साथ २८ हजार ५३५.७८ बिन्दुमा र ५१६.८० अंक अर्थात् ६.६२ प्रतिशतको बढोत्तरीका साथ ८ हजार ३१७.८५ मा पुगेर बन्द भएको थियो । एजेन्सी




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।