आकस्मिक राहत प्याकेजमा सम्झौता गरेसँगै अमेरिकी शेयरमा उछाल, अर्थमन्त्रीको कदमले भारतीय शेयर बजारमा सुधार

Mar 26, 2020 01:34 PM Merolagani



कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव कम गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सीनेटले २० खर्ब को राहत प्याकेजमा सहमति व्यक्त गरेसँगै अमेरिकी शेयर बजारमा बढोत्तरी देखिएको छ । 

C6#बुधबार अमेरिकी साथै विश्वभरका अधिकांश शेयर बजारमा बढोत्तरी देखिएको थियो । यसदिन डउ जोन्स २.३९ प्रतिशतको बढोत्तरीका साथ २१ हजार २००.६० को बिन्दुमा पुगेर बन्द भएको थियो ।

बुधबारको सुरुवाती कारोबारमा अमेरिकामा डउ जोन्समा करिब ९ दशकपछि एकदिनको सबैभन्दा ठूलो बढोत्तरी देखिएको थियो ।

उता एसएण्डपी सूचक १.१५ प्रतिशतले बढेर २ हजार ४७५.५६ मा बन्द भएको थियो । यद्यपी अमेरिकाको नास्डाक सूचक भने यसदिन ०.४५ प्रतिशतको गिरावटका साथ ७ हजार ३८४.३० को बिन्दुमा पुगेर बन्द भएको थियो ।

बिहीबार भारतीय शेयर बजार बढोत्तरीका साथ खुलेको छ । यसदिन सेन्सेक्स ५३७ अंक र निफ्टी १३३ अंकले बढेर खुलेको छ ।

योभन्दा पहिले बुधबार बजारमा उच्च बढोत्तरी देखिएको थियो । यसदिन सेन्सेक्स एक हजार ८६१.७५ अंक अर्थात् ६.९८ प्रतिशतको बढोत्तरीका साथ २८ हजार ५३५.७८ बिन्दुमा र ५१६.८० अंक अर्थात् ६.६२ प्रतिशतको बढोत्तरीका साथ ८ हजार ३१७.८५ मा पुगेर बन्द भएको थियो । एजेन्सी




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।