इन्डक्सन प्रयोगकर्तालाई विद्युत महशुलमा छुट दिन उर्जा मन्त्रीको निर्देशन

Mar 26, 2020 01:31 PM Merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन इन्डक्सन चुल्हो प्रयोगकर्तालाई विद्युत शुल्कमा छुट दिन निर्देशन दिएका छन् । 

मन्त्री पुनले विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १५० युनिटसम्म २० प्रतिशत विद्युत महशुल छुट दिन निर्देशन दिएका हुन् ।कोरोना भाइरस ( कोभिड १९) को जोखिम रहेको भन्दै सरकारले गरिएको ‘लक–डाउन’को ग्यासको अभाव हुन सक्ने भन्दै सरकारले इन्डक्सन चुलो प्रयोगकर्तालाई विद्युत्त महशुल दिन निर्देशन दिएको हो ।

इन्डक्सनमा छुट दिँदा ग्यासको अभाव कम हुने मन्त्री पुनको भनाई छ । बाहिरबाट ग्यास आयात गर्नु भन्दा विद्युत खपत गर्नु राम्रो हुने बताउदै उनले ग्यास किन्न बाहिरिने पैसा स्वदेशमा रहेने र व्यापार घाटा समते कम हुने जानकारी गराए ।

बुधवार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पनि इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सारमा छुट दिने निर्णय गरेको छ ।

नेपालमा ‘लक–डाउन’ भएपछि विद्युत्त खपतमा समते भारी गिरावट आरहेको अवस्थामा विद्युत्तको आन्तरिक खपत बढाउन समेत यस्तो निर्णयले सहयोग पुग्ने मन्त्री पुनको भनाई छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।