भाइरसको चपेटामा एशियाली शेयर बजार, तेलको मूल्य पनि घट्यो

Mar 30, 2020 12:28 PM Merolagani



कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा तीव्र रुपमा फैलिएसँगै विश्वको अर्थव्यवस्था प्रभावित भइरहेका बेला यसको चपेटामा एशियाली शेयर बजार पनि परेको छ। योसँगै सोमबार एशियाली शेयर बजारका साथै अन्तराराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पनि गिरावट देखिएको छ। 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसले महामारीको रुप लिएसँगै विश्व अर्थव्यवस्थामा मन्दी छाउने डरका कारण लगानीकर्ताहरु शेयर बजारप्रति लगानी गर्न डराइरहेका कारण एशियाली शेयर बजारमा गिरावट देखिएको हो।

सोमबार एसएण्डपी ५०० सूचक १.२ प्रतिशतले घटेको छ। यसैगरी जापानको निक्केई सूचकमा ३.७ प्रतिशत, यूरोस्टोक्स ५० मा ०.६ प्रतिशत र एफटीएसई फ्यूचर्समा १.३ प्रतिशतको गिरावट देखिएको छ।

यसदिन एशिया–प्रशान्त शेयर १.१ प्रतिशतले घटेको छ, जबकि चीनको शांघाई ब्लू चीप १.४ प्रतिशतले घटेको छ।

कोरोना संक्रमितको संख्या बढेसँगै यसको प्रत्यक्ष असर भारतको शेयर बजारमा पनि देखिएको छ। सोमबारको सुरुवाती कारोबारमा सेन्सेक्स ७९० अंक अर्थात् २.६५ प्रतिशतले घटेर २९ हजार ०२६ बिन्दुमा र निफ्टी २३९ अंक अर्थात् २.७६ प्रतिशतले घटेर ८ हजार ४२१ बिन्दुमा झरेको छ।

  • तेलको मूल्य घट्यो

यसैगरी सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको छ। साउदी अरेबिया र रुस आफ्नो मूल्य युद्धबाट पछाडि हट्ने कुनै संकेत नदेखिएपछि तेलको मूल्यमा फेरि गिरावट देखिएको बताइएको छ।

यसदिन ब्रेन्ट क्रुड १.५६ डलरले घटेर प्रतिब्यारेल २३.३७ डलरमा र अमेरिकी क्रुड १.१२ डलरले घटेर प्रतिब्यारेल २०.३९ डलरमा झरेको छ। एजेन्सीको सहयोगमा 




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।