कोरोना भाइरसको असरः विश्व शेयर बजारको १९८७ पछिको सबैभन्दा खराब त्रैमास

Apr 01, 2020 01:00 PM Merolagani



विश्वभरको शेयर बजारले यो वर्षको सुरुवाती तीन महिनामा ऐतिहासिक नोक्सानको सामना गर्नुपर्याे। भाइरसको प्रकोप बढेसँगै विश्वव्यापी आर्थिक मन्दी छाउने डरसँगै विश्वभरका लगानीकर्ताहरु शेयर बजारमा लगानी गर्न डराए भने बजारमा रहेको आफ्नो लगानी कम मूल्यमा बेचेर समेत बजारबाट बाहिरिए। 

जसका कारण विश्व शेयर बजारले ठूलो क्षति बेहोर्न पुग्यो। डउ जोन्स र लन्डनको एफटीएसई १०० सूचकमा सन् १९८७ पछिको सबैभन्दा ठूलो त्रैमासिक गिरावट देखियो। सन् २०२० को सुरुवाती ३ महिनामा डउ जोन्समा २३ प्रतिशत र एफटीएसई इन्डेक्समा २५ प्रतिशतको गिरावट देखियो।

यसैगरी, एसएण्डपी ५०० सूचक त्रैमासको क्रममा २० प्रतिशतले घट्यो। यो सन् २००८ पछिको सबैभन्दा ठूलो गिरावट हो।

भाइरसको फैलावट रोक्न तथा न्यूनीकरणका लागि विभिन्न देशका सरकारद्धारा अधिकांश आर्थिक गतिविधिहरुमा रोक लगाएका कारण उक्त गिरावट आएको बताइएको छ।

विश्वव्यापी रुपमा यस वर्षको सुरुवातमा कयौँ सूचकहरु २० प्रतिशतभन्दा धेरैले घटेको छ।
मागमा गिरावट र उत्पादकहरुका बीचको मूल्य युद्धका कारण तेलको मूल्यमा भारी गिरावट आएसँगै यसले पनि वित्तीय बजारमा समस्या बढाइदिएको बताइएको छ ।

उता अर्थशास्त्रीहरुले विश्व अर्थव्यवस्था वित्तीय संकटभन्दा पनि खराब अवस्थामा पुग्ने चेतावनी दिएका छन् । सन् २००९ मा वित्तीय संकटका कारण आर्थिक वेद्धि १.७ प्रतिशतले घटेको थियो । यद्यपी त्यसको तुलनामा यस वर्षको आर्थिक वृद्धि अधिक धेरै अर्थात् २.८ प्रतिशतले घट्ने अनुमान रहेको छ । एजेन्सीको सहयोगमा 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।