Fri, Sep 18, 2026
लक डाउन अबधि सकिएपछि मात्रै पुनर्बिमा कम्पनीको प्राथमिक शेयर बाँडफाँड हुने भएको छ ।लकडाउन अबधिभर भीडभाड नगर्नु भन्ने सरकारकाे निर्देशन भएकोले लक डाउन खुलेपछि मात्रै शेयर बाँडफाँड हुने भएको हो ।
'लकडाउन अबधिभर भीडभाड नगर्नु भन्ने सरकारकाे निर्देशन भएकोले लक डाउन खुलेपछि मात्रै शेयर बाँडफाँड हुन्छ' आरबिबि मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले भने ।
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।