कोरोना रोकथामको लागि बीमा समितिको ५ करोड

Apr 02, 2020 04:07 PM Merolagani

बीमा समितिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि बनाएको रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५ करोड रुपैयाँ प्रदान गरेको छ।

 यस अघि समितिको संचालक समितिको बैठकले २ करोड रुपैयाँ कोषमा योगदान गर्ने निर्णय गरेको थियो। समितिले त्यसमा ३ करोड रुपैयाँ थपेर ५ करोड रुपैयाँ कोषमा जम्मा गरेको हो।

यस्तै, राष्ट्रिय बीमा कम्पनीले २ करोड, राष्ट्रिय बीमा संस्थान १ करोड र पुर्नबीमा कम्पनीले १ करोड ११ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ।

सरकारले ५० करोड रुपैयाँको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष बनाएको थियो। त्यस कोषमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले एक महिनाको तलब दिने निर्णय समेत गरिसकेका छन्।

सरकारले स्थापना गरेको कोषमा विभिन्न संघसंस्थाहरुले सहयोग रकम जम्मा गर्न थालेका छन्। इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले कोषको लागि खोलिएको राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा रहेको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सकिनेछ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।