बुटवल बाहेक सबै स्थानबाट नमुना परीक्षण सुरु, दैनिक एक सय भन्दा बढी परीक्षण

Apr 03, 2020 06:36 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुटवलबाहेक सबै स्थानबाट नमुना परिक्षण शुरु गरिएको जनाएको छ । शुक्रबार नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस अघि तोकिएको स्थानहरुमा बुटवल बाहेक सबै स्थानबाट नमुना परिक्षण सुरु भएको बताएका हुन् ।

उनका अनुसार शुक्रबार सम्ममा काठमाडौंको राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा १२ सय ७७, धरानमा ४९, पोखरामा १९, सुर्खेतमा ७, धनगढीमा ४, हेटौडा र जनकपुरमा ५/५ वटा नमुना संकलन भएको छ । बुटवलमा भने प्रयोगशालाको सामानहरु जडान गर्ने क्रममा रहेको उनले जानकारी गराए ।

नमुना परिक्षणको दायरा दैनिक रुपमा बढ्दै गएको बताउदै पनि उनले दैनिक १०० भन्दा पनि नमुना परिक्षण भैरहेको जानकारी  गराए ।

यस्तै मुलुकभर उपत्यकाभित्र १५ र उपत्यका बाहिर ११५ जना गरी १ सय २० जना बिरामी आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाका अनुसार कोरोना संक्रिमत ५ जनाको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको छ । संक्रमित ५ जनामध्ये २ जना टेकु अस्पताल, २ जनाको बागलुङ र अर्का १ जनाको धनगढीमा उपचार भइरहेको उनले जानकारी गराए ।

यस्तै पोखरामा कोरोना पोजिटिभ नै पुष्टि नभएको पनि उनले प्रष्ट पारे । सञ्चार माध्यमहरुमा जथाभावी समाचार आएको भन्दै उनले आपत्ति जनाउदै सञ्चार माध्यमहरुलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।