कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश, थप सर्तकता अपनाउन मन्त्रालयको आग्रह

Apr 04, 2020 05:26 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार कोरोना संक्रमितको परिवारलाई पोजिटिभ देखिएको बताउँदै नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको जनाए ।

 मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा पहिलो पटक नेपालमा संक्रमितको परिवारमा पोजिटिभ देखिएको बताउदै दोस्रो चरण अर्थात लोकल ट्रान्समिसनको अवस्थामा पुगेको बताए ।

आज पोजिटिभ देखिएको ३४ वर्षीय महिला यस अघि संक्रमित व्यक्तिको परिवारको सदस्य  रहेको उनले जानकारी गराए । 'उनको ट्राभल हिस्ट्री समेत नभएकोले यो नै संक्रमित व्यक्तिवाट अर्को व्यक्तिमा सरेको पहिलो केश हो । यो सँगै नेपालमा कोरोना संक्रमण दोस्रो चरण अर्थात लोकल ट्रान्समिसनको अवस्थामा पुगेको छ ।' उनले भने ।

रोगको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै उनले सबैजना सतर्क भएर बस्न आग्रह गरे । विदेशबाट फर्किएकाहरु अनिवार्य क्वारेन्टाइनमा बसेर सावधानीको सम्पूर्ण तयारी गर्न पनि उनले आग्रह गरे ।

शनिबार थप तीन जनामा पोजिटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । उनीहरु ३४ वर्षीया महिला, २१ वर्षीय पुरुष र ४१ वर्षीय पुरुष छन् । तीन जना मध्ये दुई जना पुरुष भारतबाट फर्किएको उनले जानकारी गराए । 

उनीहरुको सेतीको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । हाल धनगढीमा ४ जना, बाग्लुङमा २ जना र काठमाडौंको टेकु हस्पिटलमा २ जना संक्रमितको उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी गराए ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।