कोरोना रोकथामका लागि लक्ष्मी बैंकले १ करोड सहयोग गर्ने

Apr 05, 2020 02:30 PM Merolagani



लक्ष्मी बैंक (LBL) ले कोभिड –१९ महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। 

बैंकले ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बांकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गर्ने निर्णय गरेको हो।

यस सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै महामारीको फलस्वरुप नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रुपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने र महामारीबाट समग्र अर्थतन्त्रमा पर्ने असरलाई समेत केही हदसम्म न्युनिकरण गर्न मद्दत पुग्ने बैंकको विश्वास रहेको छ।

नियमित बैंकिंग सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिने बैंकको लक्ष्य अन्तर्गत यो सहयोग गरेको हो। यस्ता कार्यहरुलाई निरन्तरता दिई सामाजिक गतिविधिहरुमा आवश्यक योगदान पु¥याउदैं लैजाने समेत बैंकको प्रतिबद्धता रहेको छ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।