क्वारेन्टाइन निमार्ण गर्न शिवम् सिमेन्टको सहयोग

Apr 05, 2020 05:50 PM Merolagani



नोबेल कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण तथा रोकथाम गर्न  शिवम् सिमेन्ट्स लिमिटेडले क्वारेन्टाइनको लागि १० वटा आईसोलेन बेड बनाउन आर्थिक सहयोग गरेको छ ।

शिवम् सिमेन्ट लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत मकवानपुर गढी गांउपालिकामा आईसोलेसन बेड सहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गरेको हो । 

यस्तै मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न पनि वितरण गरेको छ । 

लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको कम्पनीले जनाएको छ ।

आगामी दिनहरुमा समेत स्थानिय तहसंगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले प्रतिवद्धता व्यक्त गरे ।

 




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।