रक्तदान गर्दा कोरोना भाइरसको खतरा कति?

Apr 07, 2020 12:56 PM Merolagani

कोरोना भाइरसको त्रासका बीच रक्तदान (ब्लड डोनेट) गर्ने वा नगर्ने? के रक्तदान गर्ने व्यक्तिलाई भाइरस संक्रमणको खतरा छ? यस्ता कयौँ प्रश्नहरु रक्तदान गर्ने मानिसहरुको मनमा घुमिरहेको हुन्छ। 

अमेरिकन रेडक्रस सोसाइटीका चीफ मेडिकल अफिसरका अनुसार, यस समय स्थिति अलि फरक रहेको छ। हामी कुन अस्पतालमा रगत छ? र कुनमा छैन? भन्ने कुरा जान्ने कोशिश गरिरहेका छौँ। कोरोना भाइरसका बिरामीहरुका लागि उक्त रगतको प्रयोग नगरिएको भएपनि ट्रमा, अर्गान ट्रान्सप्लान्ट र इमरजेन्सीमा नवाजात शिशुहरुलाई अझै पनि रगतको जरुरत रहेको छ। 

यसप्रकारको समस्या झेलिरहेका मानिसहरुलाई लकडाउनका बीच पनि रगतको जरुरत हुन्छ। यस्तोमा लगातार रगत उपलब्ध गराउनु ठूलो चुनौतीपूर्ण अवस्था रहेको छ। यस विषयमा रक्तदाताहरुमा रहेको भ्रम हटाउन विशेषज्ञहरुहरुले दिएको प्रश्नको जवाफ यस प्रकार रहेको छः

के रक्तदान गर्दा कोरोना भाइरसको संक्रमण हुनसक्छ?

मिन्नेसोटा यूनिभर्सिटीको ब्लड बैंक ल्याबका डाइरेक्टरका अनुसार, कोरोना भाइरस रगतका माध्यमबाट फैलिदैन, त्यसैले रगत सुरक्षित हुन्छ। कोरोना भाइरस ब्लड ट्रान्सफरका क्रममा फैलिदैन। यसअघि पनि सार्स र मेर्सका क्रममा यसको पुष्टि भइसकेको छ।

के रक्तदान केन्द्रमा रक्तदान गर्ने मानिसहरुको सुरक्षामा ध्यान राखिन्छ

अमेरिकन रेडक्रस सोसाइटीका चीफ मेडिकल अफिसरका अनुसार, हामी रक्तदान गर्दा मानिसहरुको सुरक्षामा ध्यान दिइन्छ कि दिइदैन भन्ने कुराबाट कति डराएका छौँ? भन्ने कुराका बारेमा जानकार छौँ, तर म रक्तदान गर्ने मानिसहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि, रक्तदान प्रक्रियाका क्रममा पूर्ण रुपमा सावधानी अपनाइरहेको छ। कयौँ रक्तदान केन्द्रमा तापक्रम जाँच्ने सुविधा रहेको छ। पटक–पटक पन्जा पनि बदलिरहेको हुन्छ। चिकित्सा उपकरणको सफाई पनि भइरहेको छ। कर्मचारी र रक्तदाताका बीच ६ फीटको दूरीलाई पालना गरिएको छ।

रक्तदानका क्रममा कोरोना भाइरसको जाँच गराइन्छ?

यो एउटा अफवाह मात्र हो, जुन सामाजिक सञ्जालमा फैलाइएको हो। यो पूर्ण रुपमा गलत हो।

कसले रक्तदान गर्नसक्छ?

हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्नसक्छ। यद्यपी यसको गाइडलाइन एक अर्काे देशमा फरक–फरक हुनसक्छ। जस्तोः कुनै देशमा १८ त कुनैमा १७ वर्षको उमेर हुन जरुरी छ। तौल ५० किलो हुनुपर्छ।

डाक्टरका अनुसार, रक्तदान गर्ने कुनै अधिकतम उमेर छैन। अमेरिकामा वृद्धवृद्धाहरुले देशमा सबैभन्दा धेरै रक्तदान गर्दछन्। उनीहरुले कयौँ पटक रक्तदान गर्ने गर्दछन्। रक्तदान केन्द्रहरुले हाल यूवा वर्गलाई रक्तदान गर्नका लागि प्रोत्साहन गरिरहेका छन्। ताकि, यस उमेर समूहका मानिसहरुको रक्तदान संख्या बढाउन सकियोस्।

कहाँ रक्तदान गर्ने कसरी थाहा पाउने?

रेडक्रसको अफिशियल वेबसाइटमा जाने र त्यहाँबाट आफ्नो देशसँग सम्बन्धित जानकारी लिएर आफूलाई उपयुक्त हुने स्थानमा गएर रक्तदान गर्न सक्नुहुनेछ। एजेन्सीको सहयोगमा 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।