नेपाल लाइफद्धारा एक करोडको चेक कोषलाई हस्तान्तरण

Apr 07, 2020 08:40 AM Merolagani



नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारकाे ‘कारोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोड रूपैयाँको चेक  हस्तान्तरण गरेकाे छ।

नेपाल लाइफ इन्स्योरेन्सकाे सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसार कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति उक्त चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले हस्तान्तरण गरेका छन् ।

सोमबार सिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।

यस सहयोगसँगै सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।