कोभिड १९ अपडेटः संक्रमित करिब साढे १३ लाख, निको हुने २ लाख ७८ हजार

Apr 07, 2020 08:15 AM Merolagani



कोरोना भाइरस (कोभि १९) का संक्रमितको संख्या विश्वभर करिब साढे १३ लाख पुगेको छ। अप्रिल ७ (०१ः२४ जीएमटि) सम्ममा कूल संक्रमितको संख्या १३ लाख ४६ हजार ५६६ पुगेको छ।

सोमध्ये ९ लाख ९३ हजार १७४ केसहरु एक्टिभ छन् भने ३ लाख ५३ हजार ३९२ केस बन्द भइसकेका छन्। बन्द भएका केसहरुमध्ये २ लाख ७८ हजार ६९५ जना निको भएर घर फर्किसकेका छन् भने ७४ हजार ६९७ जनाको मृत्यु भइसकेको छ।

एक्टिभ केसमध्ये ९ लाख ४५ हजार ९१८ जनाको अवस्था सामान्य रहेको छ भने ४७ हजार २५६ जनाको अवस्था नाजुक रहेको छ। पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार १३५ नयाँ संक्रमित फेला परेका छन्।