कोभिड १९ अपडेटः संक्रमित करिब साढे १३ लाख, निको हुने २ लाख ७८ हजार

Apr 07, 2020 08:15 AM Merolagani



कोरोना भाइरस (कोभि १९) का संक्रमितको संख्या विश्वभर करिब साढे १३ लाख पुगेको छ। अप्रिल ७ (०१ः२४ जीएमटि) सम्ममा कूल संक्रमितको संख्या १३ लाख ४६ हजार ५६६ पुगेको छ।

सोमध्ये ९ लाख ९३ हजार १७४ केसहरु एक्टिभ छन् भने ३ लाख ५३ हजार ३९२ केस बन्द भइसकेका छन्। बन्द भएका केसहरुमध्ये २ लाख ७८ हजार ६९५ जना निको भएर घर फर्किसकेका छन् भने ७४ हजार ६९७ जनाको मृत्यु भइसकेको छ।

एक्टिभ केसमध्ये ९ लाख ४५ हजार ९१८ जनाको अवस्था सामान्य रहेको छ भने ४७ हजार २५६ जनाको अवस्था नाजुक रहेको छ। पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार १३५ नयाँ संक्रमित फेला परेका छन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।