पुनर्बीमा कम्पनीको आईपीओ भोली बाँडफाँड हुने

Apr 07, 2020 10:10 AM Merolagani



नेपाल पुनर्बीमा कम्पनी आईपीओ भोलि चैत २६ गते बुधबार बाँडफाँड हुने भएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन लम्बिएपछि कम्पनीको आईपीओ भोली नै बाँडफाँड गर्न लागेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले लकडाउन लम्बिएपछि बुधबार बिहान ७ः३० बजे आईपीओ बाँडफाँड गर्न लागिएको मेरो लगानीलाई जानकारी गराए।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध आरबीबी मर्चेन्टका अनुसार कम्पनीको आईपीओमा माग भन्दा ३.६८ गुणा धेरै आवेदन परेको छ । ४ लाख ९ हजार ७२२ जनाले आवेदनबाट ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको हो । 

कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो।

कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका सर्वसाधारणका लागि खुल्ला गरिएको थियो।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।