नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले सपथ लिएसंगै गरे पदभार ग्रहण

Apr 07, 2020 12:52 PM merolagani



नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले सर्बोच्च अदालत पुगेर पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन्। उनले चैत २५ गते मंगलबार प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणासँग सपथ लिएका हुन्।

उनले प्रधानन्यायधीशबाट सपथ लिएपश्चात नेपाल राष्ट्र बैंक पुगेर मंगलबारबाटै पदबाहल गरेका छन्। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो। 

अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिले अधिकारी सहित डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र  पूर्व सचिव राजन खनाललाइ सिफारिस गरेको थियो।

नेपाल राष्ट्र बैंकमै करिब २२ वर्ष काम गरेका अधिकारी पुर्व डेपुटी गभर्नर समेत हुन् । अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पुरा गरेका छन् ।

उनी यस अघिका गर्भनर नियुक्तिको समयमा पनि तीन जनाको नाममा छनौट थिए। तर तत्कालीन शुशील कोइरालाको नेतृत्वको सरकारले डा चिरन्जिवी नेपाललाइ नियुक्त गरेको थियो ।

उनले केन्द्रिय बैंकमा बित्तीय क्षेत्र सुपरीवेक्षण र अनुगमन, सेन्ट्रल बैकिग अपरेशन, मौद्रिक नीति सम्वन्धित व्यवस्थापन लगायतमा अनुभब बटुलेका छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।