पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, ७७ हजार २४५ ले पाए ५० कित्ता

Apr 08, 2020 08:32 AM Merolagani

नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले सर्बसाधारणमा निष्काशन गरेको आइपिओ बुधबार बाँडफाँड भएको छ। आइपीओ बुधबार बिहान बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यलयमा बाँडफाँड गरिएको हो। 

कम्पनीको आइपीओमा ४० कित्ताभन्दा कम आवेदन गर्ने लगानीकर्ताले माग अनुसारकै आइपीओ पाएका छन् भने ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्नेमध्ये ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका हुन्।

आईपिओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको थियो भने बाँकि रहेका ३ लाख ९० हजार ६ सय ३८ आवेदकलाई शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

जस अनुसार १० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता, २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता, ३० कित्ताको लागि आवेदन दिने १ लाख २७ हजार ७ सय २३ जनाले ३० कित्ता नै शेयर पाएका छन् भने ४० कित्ताको लागि आवेदन दिने २० हजार ९ सय २९ जनाले ४० कित्ता शेयर पाएका छन् ।

त्यसैगरी ५० कित्तादेखि दश हजार कित्तासम्म आवेदन गर्ने ३ लाख १३ हजार ६ सय ४८ जनाले ४० कित्ता शेयर पाएका छन् भने सोहि अनुपातमा आवेदन गनेमध्ये ७७ हजार २ सय ४५ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर थप गरी ५० कित्ता शेयर बाँडफाँड गरिएको क्यासिपटलले जनाएको छ।

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो। जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर पनि सामूहिक लगानी कोषका लागि यस अघि नै बाँडफाँड गरिसकेको छ ।

बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियाे। सोहि शेयर कम्पनिले बुधबार बाँडफाँड गरेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।