वाणिज्य बैंकहरुले सहमति अनुसार घटाए ब्याजदर

Apr 08, 2020 05:10 PM merolagani



वाणिज्य बैंकहरुविच भएको ब्याजदर घटाउने अान्तरिक सहमति अनुसार नयाँ ब्याजदर कायम गर्न थालेका छन्। बैंकर्स संघले गरेको भद्र सहमतिअनुसार नै अधिकाँश बैंकहरुले नयाँ ब्याजदर सार्वजानिक गरेका छन्।

कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो अवस्थालाइ दृष्टिगत गरी नेपाल बैंकर्स एशोसियसनले व्याजदर घटाउने सहमति गरेको थियो ।

सहमित अनुसार वाणिज्य बैंकहरुले साधारण बचतको ब्याजदर ५.५ प्रतिशत, व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर अधिकतम ८.२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ७ प्रतिशतसम्म दिनसक्ने ब्यवस्था थियो।

बैंकहरुले सार्वजानिक गरेको नयाँ ब्याजदर अनुसार अधिकाँश बैंकहरुले साधारण बचतको ब्याजदर ५.५ प्रतिशत कायम गरेका छन भने केहि ठूला बैंकहरुले सो भन्दा पनि कम ब्याजदर कायम गरेका छन्।

बुधबार नयाँ ब्याजदरको सूचना जारी गर्दै साधारण बचतमा एनएमविले ५.५ कृषि विकास बैंकले ५ प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत, लक्ष्मी बैंकले ४.५ प्रतिशत, ग्लोबल आइएमइ बैंकले ४ प्रतिशत, एभरेष्ट बैंकले ४ प्रतिशत, नविल बैंकले ३ प्रतिशत, नेपाल बैंकले ४ प्रतिशत ब्यजदर दिने जनाएका छन्। अन्य बैंकहरुले पनि सोहि हाराहारीमा रहेर नयाँ ब्याजदर समर्वजानिक गरेका छन्।

मुद्दति निक्षेपमा भने सबै बैंकहरुले सहमति अनुसारकैब्याजदर सार्वजानिक गरेका छन्।

नेपाल राष्ट्र बैंकले कोरोनाको प्रभावलाई न्यूनीकरण गर्न अनिवार्य नगद अनुपात ४ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो भने पुर्नकर्जाको सिमा समेत बढाएको थियो । जसले गर्दा बजारमा लगानीयोग्य रकम बढेको छ।

व्याजदर घटेसँगै बैंकहरूको आधारदर केहि कम हुन्छ जसले गर्दा कर्जाको ब्याजदर समेत घट्छ। यसले कारोनाको मारमा परेका व्यवसायीहरुलाई पनि केहि राहात हुने देखिएको छ।




घरबाटै काम गर्न सरकारको आह्वान

Apr 07, 2026 03:07 PM

युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।