ट्वीटरका संस्थापक डोर्सेले १ अर्ब डलर सहयोगको घोषणा

Apr 08, 2020 05:59 PM agency



सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

 

उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गर्नु भएको छ ।

फोब्र्सका अनुसार डोर्सेको कूल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।