आइतबारबाट पूरै भरिएको ग्यास सिलिण्डर बिक्री सुरु हुने

Apr 08, 2020 06:43 PM Merolagani



नेपाल आयल निगमले आधा सिलिण्डर ग्यासको बिक्री स्थगन गर्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समिति बैठकले आइतबारदेखि पुरै भरिएकोे ग्यासको सिलिण्डर बिक्री वितरण गर्ने निर्णय भएको निगमका प्रवक्ता विनीतमणि उपाध्ययले जानकारी दिए ।

बिहीबारबाटै ग्यास उद्योगले भरी सिलिण्डर ग्यास भर्नेका काम थाल्ने तर बिक्रि भने आइतबारबाट थालिने निगमले जनाएको छ । निगमले चैत १२ गते एक निर्णय गर्दै १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री वितरण गरेको थियो ।