एनएलजी इन्स्योरेन्सको हकप्रद स्थगित

Apr 09, 2020 10:48 AM Merolagani



एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) को हकप्रद स्थगित भएको छ । कम्पनीले कोरोना भाइरसका करण लगानीकर्ताहरुको हितलाई मध्येनजर गरी परिस्थिति सहज भए पश्चात हकप्रद शेयरको बिक्री खुल्ला गर्ने जनाएको हो ।

कम्पनीले गत फागुन २२ गतेदेखि चैत १२ गतेसम्म ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । तर ११ गतेदेखि लकडाउन लागु पछि कम्पनीले हकप्रद भर्ने म्याद चैत २७ गते सम्म थपेको थियो । यस अवधिमा पुन लकडाउन बढेपछि कम्पनीले परिस्थिति सहज भए पश्चात आवश्यकता हेरी थप निर्णय गरिने जनाएको हो ।

कम्पनीले १० बराबर ६ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यमा कुल ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर निष्काशन विक्री खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनको लागि इन्स्योरेन्सले माघ २७ गते बुकक्लोज गरेको थियो ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।