जनउत्थान सामुदायिकको नाफा झिनो सुधार, निकृय कर्जामा वृद्धि

May 13, 2020 01:05 PM Merolagani

जनउत्थान सामुदायिक लघुवित्त(JSLBB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा सामान्य रुपमा खस्किएको हो। गत वर्षको यसै अवधिमा लघुवित्तले एक करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी ६ करोड ३३ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ८ करोड ७७ लाख रुपैयाँ सञ्चित रहेको थियो ।

समीक्षा अवधिसम्ममा ५२ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ९० करोड २३ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिएर एक अर्ब ५३ करोड २१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

चैत मसान्तसम्ममा लघुवित्तले ७ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी एक करोड २८ लाख रुपैयाँ बढी हो। यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा एक करोड ३० लाख रुपैयाँ रहेको छ।

लघुवित्तले जोखिम व्यवस्थापनका लागि तीन करोड ३७ लाख रुपैयाँ छुट्याएको छ भने एक करोड ५५ लाख रुपैयाँ जोखिम व्यवस्थापन वापत फिर्ता ल्याएको छ।

लघुवित्तको निष्कृय कर्जा वृद्धि भएको छ। गत आवको सोही अवधिमा २.७० रहेको निष्कृय कर्जा अनुपात ०.८२ प्रतिशतविन्दु बढेर ३.५२ प्रतिशतमा पुगेको छ।

लघुवित्तले प्रकाशन गरेको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ ४२ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.१० गुणा रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।