जनउत्थान सामुदायिकको नाफा झिनो सुधार, निकृय कर्जामा वृद्धि

May 13, 2020 01:05 PM Merolagani



जनउत्थान सामुदायिक लघुवित्त(JSLBB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा सामान्य रुपमा खस्किएको हो। गत वर्षको यसै अवधिमा लघुवित्तले एक करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी ६ करोड ३३ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ८ करोड ७७ लाख रुपैयाँ सञ्चित रहेको थियो ।

समीक्षा अवधिसम्ममा ५२ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ९० करोड २३ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिएर एक अर्ब ५३ करोड २१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

चैत मसान्तसम्ममा लघुवित्तले ७ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी एक करोड २८ लाख रुपैयाँ बढी हो। यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा एक करोड ३० लाख रुपैयाँ रहेको छ।

लघुवित्तले जोखिम व्यवस्थापनका लागि तीन करोड ३७ लाख रुपैयाँ छुट्याएको छ भने एक करोड ५५ लाख रुपैयाँ जोखिम व्यवस्थापन वापत फिर्ता ल्याएको छ।

लघुवित्तको निष्कृय कर्जा वृद्धि भएको छ। गत आवको सोही अवधिमा २.७० रहेको निष्कृय कर्जा अनुपात ०.८२ प्रतिशतविन्दु बढेर ३.५२ प्रतिशतमा पुगेको छ।

लघुवित्तले प्रकाशन गरेको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ ४२ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.१० गुणा रहेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।