फरवार्ड माइक्रोफाइनान्सको नाफा ७ प्रतिशतले घट्यो

May 15, 2020 12:55 PM Merolagani



फरवार्ड माइक्राेफाइनान्स (FOWAD) ले चालु आर्थिक वर्षको तेस्रा त्रैमासमा २१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। गत वर्षको यसै अवधिमा २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको यस माइक्रोफाइनान्सको नाफा ७.७४ प्रतिशत घटेको हो।

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै निष्क्रिय कर्जा बढेपछि उसकाे नाफा घटेको हो। माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ५९ करोड ८ लाख रुपैयाँबाट घटेर ५६ करोड २१ लख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ३६ करोड ९९ लाख रुपैयाँबाट घटेर ३४ करोड १८ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सले ५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको निक्षेप संकलन ४ अर्ब ३३ करोड र कर्जा लगानी ९ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा माइक्रोफाइनान्सको खराब कर्जा ०.७६ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ। 

हाल ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा ८९ करोड ७ लाख रुपैयाँ रहेको छ।

वित्तीय विवरण अनुसार माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५९ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ २७८ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३१.७३ गुणा रहेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।