भारतमा कोभिड १९ संक्रमितको संख्या १ लाख नाघ्यो, मृत्यु कति?

May 19, 2020 09:13 AM Merolagani



छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको छ। यससँगै भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ।

मंगलबार बिहानसम्ममा भारतमा कोभिड १९ बाट १ लाख ३२८ जना संक्रमित भएका छन्। जसमध्ये ३ हजार १५६ जनाको मृत्यु भएको छ भने ३९ हजार २३३ जना निको भएर घर फर्किसकेका छन्। त्यसैगरी, ५७ हजार ९३९ जना हाल उपचारारत छन्।

यस अनुसार भारतमा संक्रमित दर प्रति १० लाख ७३ रहेको छ भने मृत्यु दर प्रति १० लाख २ रहेको छ।

१ अर्ब ३७ करोडभन्दा बढी जनसंख्या रहेको भारतले हालसम्म २३ लाख २ हजार ७९२ टेष्ट गरिसकेको छ। (फोटोः एपी)

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।