नेपालमा चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावः मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

May 19, 2020 10:46 AM Merolagani



दक्षिण बंगालको खाडीको मध्य भागमा विकसित भएको शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव नेपालमा परेको छ। चक्रावतका कारण देशैभरी आजेदेखि तीन दिनसम्म मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

 अंपुनको प्रभावले मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको २–३ दिनसम्म देशी भरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

महाशाखाले आज (जेठ ६ गते) देखि ३ दिनसम्म अर्थात जेठ ८ गते सम्म देशको पूर्व र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागका केही स्थानहरुमा आंशिक बदली रहने बताएको छ। साथै, मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको पनि बताएको छ।

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।