नेपालमा चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावः मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

May 19, 2020 10:46 AM Merolagani



दक्षिण बंगालको खाडीको मध्य भागमा विकसित भएको शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव नेपालमा परेको छ। चक्रावतका कारण देशैभरी आजेदेखि तीन दिनसम्म मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

 अंपुनको प्रभावले मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको २–३ दिनसम्म देशी भरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

महाशाखाले आज (जेठ ६ गते) देखि ३ दिनसम्म अर्थात जेठ ८ गते सम्म देशको पूर्व र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागका केही स्थानहरुमा आंशिक बदली रहने बताएको छ। साथै, मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको पनि बताएको छ।

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।