कोभिड १९ पछि विश्वमा देखिनेछ यस्तो परिवर्तन

May 19, 2020 08:01 PM Merolagani

विगत चार दशकदेखि विश्वलाई दुई शक्तिले दोहो¥याइ रहेको छ, विश्वव्यापीकरण (ग्लोबलाइजेशन) र शहरीकरण (अर्बनाइजेशन)। सन् १९८० मा विश्वको जिडिपीको ४० प्रतिशत भन्दा कम रहेको ग्लोबल ट्रेडको हिस्सा अहिले ६० प्रतिशतभन्दा बढी पुगिसकेको छ।

अर्थात अहिले विश्वको जिडिपीमा विश्व व्यापार (ग्लोबल ट्रेड) को योगदान ६० प्रतिशतभन्दा बढी रहेको छ। यसका साथै सो अवधिमा शहरहरुमा बसोबास गर्ने व्यक्तिहरुको संख्या दोब्बर भइसकेको छ।

कोभिड १९ ले यो ट्रेण्डलाई बदल्ने अथवा भनौ उल्टो बनाउने छ, मानिसका साथै मुलुकहरु बीच पनि दूरी बढाउनेछ। सुरक्षा र लचिलोपनाको लागि केही व्यक्तिहरुले यस परिवर्तनको प्रशंसा गर्नेछन्। तर, कम वैश्विक (ग्लोबल) र कम शहरीकरण भएको संसार पनि कम सम्पन्न, कम स्थिर र कम पूर्ति हुनेछ।

यहाँ कोभिड १९ पछि विश्वको बारेमा दुई मुख्य भविष्यवाणीहरु छन्ः

कम ग्लोबल, अधिक एकल। कोभिड १९ अघिपनि दशकौँ लामो वैश्विक व्यापार, लगानी, सप्लाई चेन र मानिसहरुको आवागमनको ट्रेण्ड खुम्चिन थालिसकेको थियो। हामीले उत्पादन गर्ने र उपभोग गर्ने, कुरा गर्ने व्यक्तिहरु र हाम्रो उर्जा तथा आम्दानीका लागि हामी आफ्नै नजिक हेर्न थालिसकेका छौँ। हामी सन् २००८ को आर्थिक मन्दी अघिको समयलाई ‘ग्लोबलाइजेशनको उच्च विन्दु’ को रुपमा हेर्नेछौँ। त्यसबेलादेखि मन्दी असमानता र जनवादको संयोजनले पश्चिमा देशहरुमा बढ्दो गैर विश्वव्यापीकरण र इमिग्रेशनविरोधी सहमतिको सिर्जना गरेको छ जसको उदाहरण चीन र अमेरिकाको व्यापार युद्ध हो।

विकसित अर्थतन्त्रहरुले कोरोना भाइरसको प्रतिक्रियाले सो सहमतिलाई अझ सुदृढ पर्नेछ, किनकी अन्तरर्राष्ट्रिय सबै चीजलाई अनावश्यक र खतरनाक जोखिमको रुपमा लिइनेछ। गैर विश्वव्यापिकरण सहमतिले नै ‘डि–ग्लोबलाइजेशन’ मा परिणत गर्नेछ।

हामीलाई भनिएको छ कि यस ‘डि–ग्लोबलाइजेशन’ ले हामीलाई थप बलियो बनाउनेछ। तर, यसले हामीलाई कम समृद्ध बनाउँछ– कम छनौट र उच्च मूल्यहरुको साथ। अन्तरर्राष्ट्रिय सहयोग घट्ने भएकोले हामीलाई कम सुरक्षित पनि बनाउन सक्दछ भने अन्तर्राष्ट्रिय द्वन्दको सम्भावना बढ्नेछ।

कम घनत्व, अधिक दूरी। शहरीकरण कोरोनाभाइरसको अन्य प्रमुख दुर्घटना हुन सक्छ। ग्लोबलाइजेशन विपरित, शहरीकरणको प्रवृत्तिले विश्वव्यापी वित्तीय संकटबाट प्रभावित भएन। अमेरिका पनि यस अभियानमा सहभागि भयो। मानिसहरु आर्थिक अवसरको लागि मात्र नभई जीवनशैलीका लागि पनि शहरतर्फ आकर्षित भए।

कोरोनाभाइरसपछि, मानिसहरु भीडभाड भएको बस तथा ट्रेन, क्याफे तथा रेष्टुराँ, हल तथा स्टेडियम, सुपरमार्केट तथा अफिसहरुदेखि डराउनेछन्। भीडभाड भएका ठाउँहरु शहरहरुको जीवनरक्त हो। तर, अहिले भीड स्वास्थ्यको लागि सबैभन्दा ठूलो जोखिम बनेको छ। शहरबाट बाहिर निस्कन सक्ने क्षमता भएका मानिसहरुलाई त्यसो गर्न अधिक आतुर हुनेछन्। जो मानिसहरु छोड्न सक्दैनन् उनीहरु जोखिममूर्ण महसुस गर्नेछन् र उनीहरु आवतजावत तथा सम्पर्कहरु कम गर्नेछन्। शहरहरु भीड बिना कल्पना गर्न सकिँदैन। तर, यो कोभिड १९ पछिको सत्यता हुन सक्छ।

डि–अर्बनाइजेशनले आर्थिक वृद्धिलाई हानी पु¥याउँछ किनकी अर्थव्यवस्थामा शहरहरुको ठूलो योगदान हुन्छ र रचनात्मकता र नवीनताका लागि उल्लेखनीय रुपमा प्रभावशाली इन्क्यूबेटर साबित भएका छन्।

यो विशेष गरी विकासोन्मुख अर्थतन्त्रहरुमा सत्य हुन सक्छ जहाँ ग्रामीण क्षेत्रका मानिसहरु गरिबी न्यूनीकरण गर्न द्रुत गतिमा विस्तार हुँदै गइरहेको शहरहरुतर्फ बसाँई सरिरहेका छन्। तर, शहरको संकुचनले अन्य प्रतिकुल प्रभावहरु पनि पार्दछ, यसले साँस्कृतिक जीवन्तता र विश्वव्यापीता घटाउनेदेखि लिएर जलवायु परिवर्तनलाई बढावा दिन्छ। अधिक उत्पादक हुनुका साथै शहरहरु पनि वातावरण मैत्री हुन्छन्।

कम वैश्विक र कम शहरी संसारले कसैलाई कम आकर्षित गर्न सक्छ। तर, यो यस्तो विश्व पनि हो जसले आर्थिक समृद्धिलाई चोट पु¥याउनेछ, विभिन्न व्यक्तिहरु बीच साझा समझदारीलाई घटाउनेछ र उनीहरु बीचको द्वन्दको सम्भावना बढाउनेछ।

हाम्रो कोभिड १९ प्रतिको प्रतिकृयाले हामीलाई नचाहँदा नचाहँदै पनि डि–ग्लोबलाइज र डि–अर्बनाइज तर्फ धकेलिरहेको छ। तर, हामीले त्यसो गर्नको लागि गहन दीर्घकालीन लागतहरु पूर्ण रुपमा ध्यानमा राख्नुपर्दछ। कोरोनाभाइरस पछिको संसारमा ग्लोबलाइजेशन र शहरीकरणले हामीले सामना गर्नुपर्ने चुनौतीहरु उत्पन्न गर्दछ। यसमको समाधान तिनीहरुलाई व्यवस्थित गर्नु हो, तिनीहरुलाई उल्टाउनु हुँदैन। एजेन्सीको सहयोगमा

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।