थप ३० जनामा कोरोना संक्रमण पुष्टि

May 22, 2020 09:06 AM Merolagani



शुक्रबार बिहान थप ३० जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा, काठमाडौँ र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

 नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षिय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाध, चितवन निवासी ७४ वर्षिय पुरुण र ७३ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम न.पा. ३, १८ निवासी ३३ , ३५ वर्षिय पुरुषहरु, १५ वर्षिय बालिका, कपिलवस्तु बाणगंगा न.पा., मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिय पुरुष र ८ वर्षिय बालिका, सर्लाही , गोडैता न.पा. ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षिय पुरुषहरु र १८ वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो। 

हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ

 




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।