सिद्धिपुरको एक घर सिल

May 22, 2020 11:23 AM RSS



महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा एक घर सिल गरिएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा छ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट ट्रेसिङमार्फत जानकारी पाएपछि स्थानीयवासीले त्रासका कारण मिलेर बिहीबार सिल गरेका हुन्।

सो घरमा आमासहित नौ मानिस बस्दै आएका छन्। उनीहरुको पिसिआर विधिद्वारा कोरोना परीक्षण नभएसम्म बाहिर कसैसँग सम्पर्क नहोस् भनी स्वीकृति लिएर घर बन्द गरिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए। उनले भने, “हामी उहाँहरुको कोरोना परीक्षणको नतिजा नआएसम्म आवश्यक सबै वस्तुलगायत खाद्यान्नको व्यवस्था गरिदिने छौँ”। स्वाब परीक्षणको नतिजा आएपछि मात्र सो घरको सिल खोलिने श्रेष्ठले जानकारी दिए।

यसअघि सिद्धिपुरमा बाहिरी जिल्लाबाट आई मानिस बसेका सूचनाका आधारमा वडा कार्यालय र स्थानीयवासी मिलेर गत बुधबार र बिहीबार चार घर बन्द गरेका थिए। ती घरमा गरिएको सिल भने हाल खोलिसकिएको छ।

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।