प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क दुई अर्ब माथि, नाफामा पनि सुधार

May 22, 2020 11:44 AM Merolagani



प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधीको तुलनामा ३६ करोड ७२ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ अर्ब ८७ करोड ३ लाख रुपैयाँ खदु बीमाशुल्क आर्जन गरेको थियो । 

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्यआयबाट ६५ करोड २२ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जामा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ लगानी गरी ७ करोड ७२ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै कम्पनीको खुद बीमाशुल्क र अन्य आमदानी बढेसंगै नाफामा पनि सुधार भएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा करिब २ करोड रुपैयाँले बढेर १८ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १६ करोड ३६ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ७९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ५ करोड ४१ लाख रुपैयाँ सञ्चित छ । त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोषमा १० अर्ब ६६ करोड रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ हजार ९३६ दाबीबापत ५० करोड ३६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४३ दाबीबापतको १ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वर्षिक १२ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ०६ पैसा र मूल्य आम्दानी अनुपात ४१.०४ गुणा रहेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।