शुक्रबार थप २० जनामा कोरोना संक्रमण पुष्टि

May 22, 2020 04:28 PM Merolagani



शुक्रबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये सेती प्रादेशिक अस्पतालमा परीक्षण भएका कैलालीका १९, २३, २६ वर्षका ३ जना पुरुषहरु छन् । जानकी गाँउ पालिकाका उनीहरु सरस्वती मा. विको क्वारेन्टाइ रहेका थिए ।
यस्तै डढेलधुरा परशुराम १० का २८ वर्षीय पुरुष, बैतढी शिवथान गाँउ पालिकाका २२ वर्षीय पुरुष छन् ।

बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ६१ वर्षको पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये १८ वर्षीय एक जना पुरुष सोनारीका रहेका छन् भने बाँकी १३ जना नरैनापुरको रहेको मन्त्रालयले जनाएको छ । यस्तै मोरङ रतुवामाईका ४१ वर्षीय पुरुष रहेका छन् ।

योसंगै कोरोना सक्रमितको संख्या ५०७ पुगेको छ। 

यस्तै, आज शुक्रबार नेपालगञ्ज बाँकेका २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।