कोरोनाको भ्याक्सिनको दोस्रो सफलता, चीनले गर्याे यस्तो दाबी

May 24, 2020 06:17 PM Merolagani



कोरोना भाइरसका विरुद्ध विश्वभरका कयौँ देशहरु भ्याक्सिन बनाउने कार्यमा जुटिरहेका छन् । यस्तोमा अमेरिकापछि अब चीनले पनि कोरोना भाइरसको परीक्षण सफल भएको बारे दाबी गरेको छ । 

चीनले क्लिनिकल ट्रायलको पहिलो चरणमा पुगेको दाबी गर्दै यो भ्याक्सिन मानिसहरुका लागि सुरक्षित, सहनीय र कोरोनाका विरुद्ध प्रतिरोधक प्रतिक्रिया विकसित गर्नमा सक्षम पाइएको बताएको छ ।

द लसेन्ट पत्रिकामा प्रकाशित अध्ययनका यस बारेमा दाबी गरिएको हो । रिपोर्टका अनुसार, १०८ जना वयस्कमा गरिएको परीक्षणमा उक्त भ्याक्सिनले सार्स सीओभी–२ समाप्त गर्ने एन्टीबडी सिर्जना गरायो र रोग प्रतिरोधक प्रणालीको टी कोशिकाहरुलाई मद्दत गर्ने प्रतिक्रिया विकसित गरायो ।

यद्यपी चीनको बेइजिङ इंस्टीट्युट अफ बायोटेक्नोजीका अनुसन्धानकर्ताहरुका अनुसार, यसको पुष्टि गर्नका लागि अझैँ पनि अरु अनुसन्धान गर्न आवश्यक रहेको छ । ताकि भाइरसको संक्रमणका विरुद्ध यो भ्याक्सिनले संरक्षण दिन्छ कि दिदैन भनेर पत्ता लगाउन सकियोस् ।

अध्ययनका अनुसार, १०८ स्वस्थ वयस्कहरुमा गरिएको परीक्षणमा भ्याक्सिनले २८ दिनपछि राम्रो नतिजा दिएको हो । अन्तिम नतिजा आगामी ६ महिनामा आँकलन गरिने बताइएको छ । एजेन्सीको सहयोगमा 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।