बजेटमार्फत राहतको प्याकेज नल्याए कानुनी रुपमा ६ महिना होटल बन्द गर्ने चेतावनी, यस्ता छन बजेटमा समेटिनुपर्ने माग

May 25, 2020 03:52 PM Merolagani

सरकारले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक राहतको प्याकेज नल्याए आगामी ६ महिना होटल बन्द गर्ने चेतावनी दिएका छन्। होटल सँघ नेपालले सोमबार विज्ञप्ति जारी गर्दै होटल संचालनका लागि उपयुक्त वातावरण बन्न नसके आगामी ६ महिना कानुनी रुपमा नै बन्द गर्ने निर्णय गरेको पनि उल्लेख गरेको छ।

बजेटमार्फत होटल संघ नेपालले मूलरुपमा रोजगारी संरक्षणकोषको स्थापना, बैंकको ऋण तिर्ने म्याद पुनसंरचना गरी तीन वर्ष पछि सार्ने, ब्याजदर घटाउने, घरभाडा लगायतका खर्च धान्न सस्तो ब्याजदरमा सञ्चालन ऋणका साथै बजेटमार्फत २०३० सम्म पर्यटन सुदृढिकरण दशक घोषणा गरी उपयुक्त पूर्वाधार र विकासका कार्यक्रम संचालन हुनुपर्ने माग गरेको छ।

विषम परिस्थितमा होटल उद्योग पहिलो र गहिरो मारबाट गुज्रिरहेको हालको अवस्थामा उद्योगधन्दा जिवित राख्नका लागि नै नेपाल सरकारको आगामी बजेटमार्फत उपयुक्त नीति तथा आर्थिक राहतका कार्यक्रमहरु अपेक्षा गरिएको संघको भनाइ छ।

पर्यटन बिदाका कार्यक्रम घोषणा गरेर बजेटले आन्तरिक पर्यटनको उपयुक्त विकासमा जोड दिनसक्ने पनि संघले जनाएको छ।

होटल संघ नेपालको देशैभरि छरिएका रहेका साथै सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघहरु अन्तर्गत ३ हजार ५ सय होटलहरु सदस्य रहेका छन्।

  • होटललाई क्वारेन्टाइन बनाउदा अन्तर्राष्ट्रिय स्तरका मापदण्डमा कुनै क्षति नहुने

होटलहरुलाई आवश्यताअनुसार क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने बारे होटल संघ नेपालको प्रतिनिधि मण्डलले पर्यटन विभागका महानिर्देशकसँग विस्तृत छलफल गरी यस सम्बन्धमा संघले तयार पारेको विस्तृत विवरण बुझाएको छ।

हानकी अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको संघको प्रतिनिधिहरुले कोभिड–१९ बाट श्रृजित राष्ट्रिय संकटलाई प्रत्यक्ष रुपमा न्यूनीकरण गर्न गराउन, सघाउ पु¥याउन विदेशमा अलपत्र रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गराउने क्रममा सरकारले होटलहरुलाई क्वारेन्टाइनको रुपमा उपयोग गर्ने निर्णय गरेमा संघसँग आबद्ध सदस्य होटलहरुबाट आवश्यक सहयोग जुटाउन राज्यसँगको समन्वयमा पहल गर्ने जनाएको छ।

स्वाथ्यकर्मी तथा अग्रपंक्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिएका व्यक्तिहरुलाई समेत आवश्यकताअनुसार गर्न सकिने क्वारेन्टाइनको व्यवस्था बारे पनि सो विवरणपत्रमा उल्लेख गरिएको छ।

खासगरी क्वारेन्टाइनको रुपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेकइन पूर्व नै निर्धारित उपयुक्त स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको एकिन हुने प्रमाण हुनुपर्ने र प्रत्येक दिन पटक पटक स्वास्थ्य जाँच हुनुका साथै अतिरिक्त नेपाल सरकारले होटल संचालनका लागि कानुनी अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरुको कुनै क्षति नहुने, कामदार कर्मचारी तथा छिमेकका स्थानीय समुदायसमेत कोरोना संक्रमणबाट पूर्ण रुपमा बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले होटल संचालन हुनुपर्ने पनि विवरणपत्रमा स्पष्ट उल्लेख गरिएको छ। 

क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थ्याबर्द्धक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुलीलगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु नेपाल सरकारको वर्गिकरण अनुसार पर्यटकस्तरीयदेखि पाँच तारे होटलहरुमा लाग्ने अनुमानित खर्चहरुको शीर्षकअनुसार न्यूनतम आधारको रुपमा सबै सदस्य होटलहरुको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्चालन निर्णयका लागि सिफारिस गरिएको छ।

पछिल्लो २ महिनाभन्दा बढी अवधिदेखि बन्द होटल प्रतिष्ठानहरुमा कर्मचारीको उपलब्धता र भौतिक संरचना/उपकरणहरुको संचालनलाई ध्यानमा राखेर क्वारेन्टाइनको रुपमा होटल संचालन गर्ने नगर्ने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानहरुले लिन सक्ने जनाइएको छ।

साथै क्वारेन्टाइनको रुपमा संचालन गर्न सकिने होटल प्रतिष्ठानहरुमा उपयुक्त स्वास्थ्य संरक्षण गर्ने विधि तथा व्यवस्था लगायत उपलब्ध पूर्वाधार, सेवा, सुविधा सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारी नियमनकारी आधिकारिक निकायमा दर्ता भए नभएको पनि अद्यावधिक हुनुपर्ने पनि होटल संघले जनाएको छ।

यसरी होटललाई क्वारेन्टाइनको रुपमा उपयोग गरी संचालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि होटल संघ नेपालका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्नेमा संघले जोड दिएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।