कोरोनाबाट थप एक जनाको मृत्यु

May 25, 2020 04:31 PM Merolagani



सोमबार कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्गमा सो जानकारी दिएको हो।

 वीरगञ्जको नेशनल मेडिकल कलेजमा गत जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय वृद्धको मृत्युको कारण कोरोना भाइरस  पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो।

मृत्यु भएका वृद्धको स्वाब परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले बताएको छ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित उनी जेठ २ गते अस्पताल भर्ना भएका थिए भने ४ गते राति नै उनको निधन भएको थियो।

यसरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४ पुगेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।