खाेटाङबाट कृषि विज्ञ डा.मदन राईकाे सरकारलाई सुझाव, कृषक बचाउने कार्यक्रम ल्याउनुहाेस्

May 27, 2020 06:51 AM Merolagani

 नयाँ कृषकका लागि सरकारले अलग कार्यक्रम ल्याओस्

रोजगारी भनेको विदेशीको चाकरी गर्नु वा काम गर्नु होईन । रोजगारी भनेको बाँच्नको लागि उत्पादन गर्नु हो । 

हावाको लागि बिरुवा, खाना र बाँच्नको लागि बिरुवा रोप्नु पर्यो, लुगाकोलागि कपास बिरुवा लगाउन पर्यो, दाउराकोलागि बिरुवा र त्यस्तै घर बनाउनकालागि काठ बिरुवा लगाउन पर्यो । बिरुवाको सेवा गर्नु नै कुषि हो । नेपालमा धेरै कृषि भूमी छ । नेपालका तीन करोड र सात करोड पर्यटककालागि समेत २० दिन खुवाउने क्षमता हुनसक्छ तर काम गर्नु पर्यो ।

नेपाली कोदालो हलो गर्नेकै छोराछोरी हुन्।तर पछि शासनकाल फेरिँदा हली गोठालोको काम नगर्ने भनेर विदेँशिदा नेपालको स्वाभिमान,आत्मनिर्भरता, अर्थतन्त्र, रोजगारी सबै गुमायौँ र विदेश पलायन भयौँ । विदेशकै काम, विदेशकै दाम र विदेशकै माम तिर लागेपछि बिग्रिएको हो । अब त्यसलाई सुधार गर्न हामीले आफूसँग भएको जमीन जहाँ सबै कुराको उत्पादन हुन्छ त्यहाँ बिरुवा रोप्नुपर्छ । तीन करोड नेपाली जनता नेपालमा नै उत्पादन गरेर बाँच्न सकिन्छ । भारत, चीन कसैको सहयोग नै चाहिदैन, हामीसँग सबैकुरा छ ।

सबैैलाई पुग्छ, म भन्छु, नेपालीहरु आफ्नै देशमा फर्केर स्वाभिमान चाहनुहुन्छ भने नेपाल फर्केर बाँच्नकोलागि बिरुवा उब्जाउनुहोस् । त्यसको लागि हलो कोदालो समाउनैपर्छ । हाम्रा पुर्खाले जस्तो १७ वा १८ घण्टा परिश्रम गर्नुपर्दैन, केवल चार वा पाँच घण्टा खनजोत गरेमा हामीलाई बाँच्न पर्याप्त पुग्छ । जमिन सबैकोलागि पुग्ने मात्रामा छ । कृषि जमिन ३० लाख हेक्टर भनेको थोरै होइन । यहिँ नै सबै कुरा प्राप्त हुन सक्छ । त्यसैले पहिले पाखुरी बजाउने अथवा खन्न जोत्न तयार रहनुपर्यो ।

खन्दा जोत्दा सबै खेतबारीसँग लड्न सक्ने क्षमता त्यहिँ विकाश हुन्छ । कोरोना भाइरस मात्र होइन कि कैयौँ किटाणुहरु त्यहिँ खेतबारीमा नै हुन्छ । यसले हाम्रो एन्टीबडिजहरु अथवा हाम्रो शरिरको रोग सहन सक्ने क्षमताका सिपाहीहरुको क्षमता बढ्छ । खेतबारीको मुख्य फाइदा, खेतबारीमा भिटामीन डी पाईन्छ । भिटामीन डीले शरिरको प्रतिरोधात्मक क्षमतालाई विकाश गर्छ । ताजा अक्सिजन हुन्छ,कसरत हुन्छ,जसकारण अक्सिजन प्राप्त हुन्छ,त्यसरी तागत बढ्छ र प्रतिरोधात्मक क्षमता तगडा हुन्छ । रक्तसंचार पनि प्रशस्त हुन्छ, मसल्स र जोइन्टहरुको काम हुन्छ । र त्यहाँ काम गरे वापत ताजा खानेकुरा उत्पादन हुन्छ । त्यसो गरेमा सबै नेपाली बाचिन्छ ।

तर धनी हुनका निम्ति पहिले सबै नेपालीले आफ्नै देशभित्र उब्जनी गराउने जुक्ति र मेहेनत गर्नुपर्छ । दोश्रोमा दुई चार वर्षका निम्ति,पछि त भारत र चीनसँगको सम्बन्ध विस्तार होला । संभावना धेरै छ तर नतिजा नेपालीकैै हात छ । यसमा कुनै अन्य राष्ट्रलाई दोष दिन हुँदैन । विदेश जाने संस्कृतिलाई बदल्नु पर्दछ । कृषि प्रदान देश हो,तर यो देशमा कृषि पढेका १० हजार कर्मचारीहरु न कृषि जान्दछन्, न कृषि गरेका छन्, न गर्ने वाला नै छन् । कृषि मन्त्री घनश्याम भुषाललाई पनि म दोष दिन्न । जे जानिएको छ, त्यहिँ गर्ने न हो । अहिलेको सरकारले सुने त, यो महत्वपुर्ण समय थियो ।

कृषि क्षेत्रमा सबैलाई प्रोत्साहन गर्नुपर्छ । १५ देखि २० खर्ब रुपैयाँ वा बढिमा ३० अर्ब दिएमा ५० प्रतिशत बाली काटेपछि फिर्ता गर्ने गरि किसानलाई दिइनुपर्छ मल, बीउ किन्नकोलागि वा होइन ५० प्रतिशत मात्र दिएमा १५ अर्ब जतिको धान कोदो लागाउनपर्यो किनभने १५ लाख भन्दा बढि हेक्टरमा धान लगाउन सकिन्छ । मौसम पनि अत्यन्त अनुकुल भएको छ । १५ लाख हेक्टर धान लगायौँ र मनसुन पनि राम्रो भएमा ५५ लाख टन धान उत्पादन हुन्छ । त्यति मात्र भएमा हामीलाई कोरोना कहरले छुने वा अर्थतन्त्र बिग्रने कुनै हालतमा हुन सक्दैन । तर बुद्धि हुनुपर्यो, किसानलाई सहयोग गर्नुपर्यो ।

त्यसपछि करिब दुई खर्ब रुपैयाँको राहत कृषि व्यवसाय लगायत पर्यटन व्यवसाय, अन्य उद्योग, सेवा र व्यापारकालागि राहत तत्काल कोरोना कहरबाट उकास्नकालायि व्यवस्था गर्दा राम्रो हुने थियो । सरकारले पनि गर्ला तर आर्थिक सहयोग मात्र छुट्टाएर काम गर्ने को ? पैसा मात्र छुट्टाएर भएन कृषि गरिरहेकालाई बचाउने तथा नयाँ कृषककालागि अलग कार्यक्रम ल्याउनुपर्छ । कृषकको घरघरमा गएर निगरानीका साथ र सहयोग गर्नुपर्छ । यो काम गर्नेको लागि अवसर हो । समस्या इमान्दारिताको छ, भ्रष्टाचार व्यापक छ । अर्को समस्या, बुद्धि र आँटको कमिको पनि हो । कृषिलाई मुख्य प्राथमिकता दिऔँ भनेर धेरै अनुरोध गरेपनि सरकारले बेवास्ता गरेको छ । 

(मेराेलगानीकर्मी ज्याेति शाहसंगकाे कुराकानीमा आधारित)

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।