ट्विटरले ट्रम्पको ट्वीट झुठो भएको बताउँदै दियो चेतावनी

May 27, 2020 10:34 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही ट्वीटहरूलाई ट्विटरले पहिलोपटक फ्याक्ट चेक का लागि चेतावनीमा राखिदिएको छ । 

ट्विटरले मंगलबार ट्रम्पका दुईवटा ट्वीटमा यस्तो चेतावनी चिन्ह लगाएको हो ।

उक्त ट्वीटमा राष्ट्रपति ट्रम्पले लेखेका थिए, पोस्टल मतदानमा धाँधली हुने पूरै सम्भावना रहेको छ । मेल बक्सलाई चोरी गर्न सकिन्छ, यसका माध्यमबाट फर्जी मतदान गर्न सकिनेछ र फेरि त्यसलाई अवैध तरिकाबाट प्रिन्ट गरेर पनि पठाउन सकिनेछ ।

ट्विटरको यस कदमलाई राष्ट्रपति ट्रम्पले ट्विटरले अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई दबाउने काम गरिरहेको प्रतिक्रिया दिएका छन् ।

उक्त ट्वीटका लागि ट्विटरको नोटिफिकेशनमा लेखिएको छ, पोस्टल मतदानसँग सम्बन्धित तथ्यका बारेमा जान्नुहोस् ।

यद्यपी ट्रम्प आफ्नो प्रतिक्रियामा रोकिएनन् । उनले सोशल मिडिया प्लेटफर्म ट्विटरमाथि राट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

‘ट्विटरले २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न गरिरहेको छ । उसका अनुसार, पोस्टल मतदानमाथि मेरो बयान भ्रष्टाचार र धाँधलीलाई बढावा दिनसक्छ, जुन गलत हो । उनीहरूले यो सिएनएन र अमेजन वासिङट्न पोस्टको गलत समाचारमा आधारित भएर गरिरहेका छन् ।’ ट्विटरमा ट्रम्पले भने ।

ट्वीटमा ट्रम्पले भने, ट्विटरले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम गरेको र राष्ट्रपतिका रुपमा त्यस्तो हुन दिन्न । 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।