ट्विटरले ट्रम्पको ट्वीट झुठो भएको बताउँदै दियो चेतावनी

May 27, 2020 10:34 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही ट्वीटहरूलाई ट्विटरले पहिलोपटक फ्याक्ट चेक का लागि चेतावनीमा राखिदिएको छ । 

ट्विटरले मंगलबार ट्रम्पका दुईवटा ट्वीटमा यस्तो चेतावनी चिन्ह लगाएको हो ।

उक्त ट्वीटमा राष्ट्रपति ट्रम्पले लेखेका थिए, पोस्टल मतदानमा धाँधली हुने पूरै सम्भावना रहेको छ । मेल बक्सलाई चोरी गर्न सकिन्छ, यसका माध्यमबाट फर्जी मतदान गर्न सकिनेछ र फेरि त्यसलाई अवैध तरिकाबाट प्रिन्ट गरेर पनि पठाउन सकिनेछ ।

ट्विटरको यस कदमलाई राष्ट्रपति ट्रम्पले ट्विटरले अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई दबाउने काम गरिरहेको प्रतिक्रिया दिएका छन् ।

उक्त ट्वीटका लागि ट्विटरको नोटिफिकेशनमा लेखिएको छ, पोस्टल मतदानसँग सम्बन्धित तथ्यका बारेमा जान्नुहोस् ।

यद्यपी ट्रम्प आफ्नो प्रतिक्रियामा रोकिएनन् । उनले सोशल मिडिया प्लेटफर्म ट्विटरमाथि राट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

‘ट्विटरले २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न गरिरहेको छ । उसका अनुसार, पोस्टल मतदानमाथि मेरो बयान भ्रष्टाचार र धाँधलीलाई बढावा दिनसक्छ, जुन गलत हो । उनीहरूले यो सिएनएन र अमेजन वासिङट्न पोस्टको गलत समाचारमा आधारित भएर गरिरहेका छन् ।’ ट्विटरमा ट्रम्पले भने ।

ट्वीटमा ट्रम्पले भने, ट्विटरले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम गरेको र राष्ट्रपतिका रुपमा त्यस्तो हुन दिन्न । 




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।