अनलाइन मार्फत बीमालेख जारी गर्न बीमा समितिको निर्देशन

May 27, 2020 05:51 PM Merolagani



लकडाउन लम्बिदै गएपछि बीमा समितिले अनलाइन मार्फत बीमलेख जारी गर्न निर्देशन दिएको छ । समितिले नन मेडिकल लिमिट भित्रका बीमालेखहरु अनलाइनबाटै जारी गर्न सकिने व्यवस्था गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

लघुबीमा निर्देशिका बमोजिम हुनेगरी अधिकतम ३ लाख रुपैयाँ सम्म बीमांकको बीमालेख अनलाइन मार्फत जारी गर्न निर्देशन दिएको छ । बीमकको विद्यमान बीमालेख वितरण प्रणाली अन्तर्गत रहि बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत भराउने र पर्याप्त रुपमा बीमा जोखिमाङकन गरी बीमालेख जारी गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै बीमालेखको प्रस्ताव फारम भर्दा ग्राहक पहिचान फारम समेत भर्नुपर्ने व्यवस्था गरेको छ ।

बीमालेख अन्तर्गतको शुल्क भने विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मोवईल बैकिङ तथा अनलाइन मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।