कल निक्षेप र संस्थागत मुद्दति निक्षेपको व्याजदरमा राष्ट्र बैंकको कडाई

May 27, 2020 07:12 PM merolagani



बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेपमा बचत निक्षेपमा ताेकिएकाे न्युनतम भन्दा धेरै ब्याज दिन नपाउने भएका छन्। केन्द्रिय बैंकले बुधबार सर्कुलर जारी गर्दै उक्त निर्देशन दिएको हो।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ मा व्यवस्था गरिएका बुँदामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपमा तोकिएको न्यूनतम ब्याजदरभन्दा बढी ब्याजदर दिन नपाउने व्यवस्था गरेको हो। यस्तो खाताहरुमा चेक समेत जारी गर्न नपाउने केन्द्रिय बैंकले जनाएको छ।

कल र मुद्दति निक्षेप बाहेकको निक्षेपमा भने न्यूनतम ब्याजदरमा ०.५ प्रतिशतसम्म बढी ब्याज दिन पाउने व्यवस्था राष्ट्र बैंकको छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।