ललितपुरकाे किस्ट अस्पतालमा निधन भएका व्यक्तिमा काेराेना पुष्टि

May 27, 2020 09:47 PM Merolagani

ललितपुरकाे किस्ट अस्पतालमा निधन भएका व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे छ। बुधबार अपरान्ह अस्पतालमा निधन भएका व्यक्तिमा काेराेनाकाे पीसीआर परीक्षणमा रिपाेर्ट पाेजेटिभ देखिएकाे अस्पताल स्राेतले जनाएकाे छ । 

ललितपुरबाट निर्वाचित प्रतिनिधिसभा सांसद पम्फा भुसालले पनि फेसबुक मार्फत काेराेनाका कारण ललितपुरमा एक जनाले ज्यान गुमाएकाे जानकारी दिएकी हुन् । अस्पताल स्राेतले दिएकाे जानकारी अनुसार मृतक ७५ वर्षका पुरूष हुन् । कलेजाेका दीर्घ राेगका कारण पाटन अस्पताल पुगेका उनलाई त्यहाँ आइसोलेसन वार्ड नभए पछि किस्ट अस्पताल भर्ना गरिएकाे थियाे । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।