न्युजील्याण्डको अस्पतालमा रहेका अन्तिम कोरोना संक्रमित डिस्चार्ज

May 28, 2020 12:56 PM Merolagani



न्युजील्याण्डको अस्पतालमा रहेका अन्तिम कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल न्युजील्याण्डको अस्पतालमा कुनै पनि कोरोना संक्रमणका बिरामी छैनन्। यसलाई न्युजील्याण्डको कोरोना भाइरसमाथीको जीत मानिएको छ।

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार कोरोना भाइरस संक्रमण भएका अन्तिम बिरामी मिडलमोर अस्पतालबाट डिस्चार्ज भएका हुन्। न्युजील्याण्डमा लगातार पाँचौ दिनसम्म पनि कुनै नयाँ कोरोना संक्रमित पाइएको छैन।

न्युजील्याण्डमा कुल एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको पुष्टि भएको थियो भने २१ जनाको ज्यान गएको थियो।

गत महिना न्युजील्याण्डकी प्रधानमन्त्री जाकिन्डा आर्डेनले देशले कोरोना भाइरस विरुद्धको युद्ध जितेको घोषणा गरेकी थिइन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।