सरकारले अनुदान,आन्तरिक ऋण, वैदेशिक ऋण बढाएर बजेट तर्जुमा गर्यो, एक खर्ब बजेट बढ्यो

May 28, 2020 06:48 PM Merolagani



चालु खर्च यथावत, पूँजीखत खर्च काटियाे

सरकारले अनुदान,आन्तरिक ऋण, वैदेशिक ऋण बढाएर बजेट तर्जुमा गरेको छ।गत वर्षको भन्दा   एक खर्वले बजेट आकार बढाएको छ। गत वर्ष मध्यावधि समीक्षामा घटाएको बजेट भन्दा सरकारले करिब एक खर्व बजेट बढाएको छ। 

आगामी आर्थिक वर्ष १४ खर्व ७४ अर्को बजेट विनियोजन गरिएको छ। जुन ६३ प्रतिशत हो। चालु आर्थिक वर्ष १३ खर्व ८५ अर्को संशोधित बजेट विनियोजन गरिएको थियो। सरकारले पूँजीगत खर्च करिब २५ प्रतिशत घटाएको छ। आगामी आर्थिक वर्ष दुई खर्व ९१ अर्व रुपैयाँमा झारेको छ। अघिल्लो वर्ष चार खर्व आठ अर्व रहेको थियो । चालु खर्च समेत १० अर्व  घटाएको छ। आगामी आर्थिक वर्ष नौ खर्व ४८ अर्व रुपैयाँ विनियोजन गरिएको छ। अघिल्लो वर्ष  नौ खर्व ५७  अर्व रुपैयाँ विनियोजन गरिएको थियो।

स्रोत व्यवस्थापनमा आठ खर्व ८९ अर्व  राजस्व बाट उठाउने भनिएको छ । अघिल्लो वर्ष नौ खर्व ८१ अर्व रहेको थियो। वैदेशिक अनुदान ६० अर्व रहेको छ। अघिल्लो वर्ष ५७ अर्व रुपैयाँ रहेको थियो। वैदेशिक ऋण गत वर्षकै हाराहारीमा उठाइने भएको छ। आउँदो वर्ष दुई खर्व ९९ अर्व ऋण लिइने भएको छ। आन्तरिक ऋण तर्फ दुई खर्व २५ अर्व रुपैयाँ उठाउने भनिएको छ।  

 




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।