पुनर्बीमा कम्पनीको शेयर डिम्याट खातामा आयो

May 29, 2020 11:16 PM Merolagani



नेपाल पुनर्बीमा कम्पनीको शेयर हितग्राही खातामा जम्मा भएको छ। शुक्रबार शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा भएको हो।

कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो। कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका गरेको थियो।

त्यसमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि र सर्वसाधारण लागि १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो। सर्वसाधारणलाई निष्काशन गरेको उक्त शेयर चैत २६ गते बुधबार बाँडफाँड भएको थियो। यद्यपि, कम्पनीको ओपनिङ रेन्ज भने तोकिएको छैन। 

 




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।