पुनर्बीमा कम्पनीको शेयर डिम्याट खातामा आयो

May 29, 2020 11:16 PM Merolagani



नेपाल पुनर्बीमा कम्पनीको शेयर हितग्राही खातामा जम्मा भएको छ। शुक्रबार शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा भएको हो।

कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो। कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका गरेको थियो।

त्यसमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि र सर्वसाधारण लागि १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो। सर्वसाधारणलाई निष्काशन गरेको उक्त शेयर चैत २६ गते बुधबार बाँडफाँड भएको थियो। यद्यपि, कम्पनीको ओपनिङ रेन्ज भने तोकिएको छैन।