प्रदेश पाँच सरकारले ल्यायाे ३६ अर्ब ३५ करोडकाे बजेट (पूर्ण पाठ)

Jun 15, 2020 06:22 PM Merolagani



प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेका गरेको छ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात ३४.६४ प्रतिशत, पुँजीगततर्फ १८ करोड ६१ करोड ९९ लाख अर्थात ५१.२२ प्रतिशत र स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड अर्थात १४.१४ प्रतिशत विनियोजन गरेका हुन्।

त्यसैगरी स्रोत व्यवस्थापनतर्फ आन्तरिक स्रोतबाट २ अर्ब ३ करोड ७५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँडबाट ८८ करोड ५६ लाख, वित्तीय समानिकरण अनुदानबाट ७७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख, समपुरक अनुदानबाट ४८ करोड ३३ लाख , विशेष अनुदानबाट २१ करोड र चालु आर्थिक वर्षको बचतबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरेको छ ।





पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।