सुदुरपश्चिम प्रदेश सरकारले ल्यायाे ३३ अर्ब ३८ करोडकाे बजेट (पूर्ण पाठ)

Jun 16, 2020 07:01 AM Merolagani



सुदुरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको बजेट बिनियोजन गरेको छ ।

प्रदेश सरकारले चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख अर्थात ४२.५ प्रतिशत, पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार अर्थात ५०.२ प्रतिशत, अन्तरसरकारी वित्त व्यवस्थापन अन्तर्गत २ अर्ब १३ करोड ५० लाख रुपैयाँ अर्थात ६.४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ अर्थात ०.९ प्रतिशत बजेट बिनियोजन गरिएको छ ।

स्रोत व्यवस्थापतको लागि आन्तरिक राजस्व परिचालनबाट ६० करोड ६० लाख ३० हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँड भइ प्राप्त हुने अुनमानित रकम ७ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगबाट बाँडफाँड भइ आर्थिक वर्ष २०७६७७ मा प्राप्त हुने रोयल्टी वापतको ७ करोड, सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ७ करोड ६८ लाख रुपैयाँ र चालु आवको बिनियोजनबाट बचत हुने अनुमानित रकम समेतबात प्राप्त हुने १० अर्ब ५९ करोड ३६ लाख ३ हजार, सशर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब ३९ करोड ३५ लाख, संघीय सरकारबाट समपूरक अनुदानबाट प्राप्त हुने अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ४८ करोड ५० लाख रुपैयाँ र विकास साझोदारबाट बजेट प्रणालीमार्फत परिचालन हुने रकम १ करोड ८९ लाख १५ हजार समेत कुल स्रोत प्राप्त हुने अुनमान गरिएको छ ।





१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।