प्रदेश २ सरकारले ल्यायाे ३३ अर्ब ५६ करोडकाे बजेट

Jun 16, 2020 06:58 AM Merolagani



प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

 

प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा कुल बजेटमध्ये चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख अर्थात ५३.६७ प्रतिशत बजेट विनियोजन गरेका हुन्।

खर्च व्यवस्थापनमा आन्तरिक स्रोतको राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार रुपैयाँ र नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ६ अर्ब ९१ करोड २९ हजार रुपैयाँ गरी जम्मा ३३अर्ब ५६ अर्ब अनुमान गरिएको छ। यसमा एक अर्ब रुपैयाँ अपुग हुने र उक्त रकम आन्तरिक ऋण परचालन गरिने बजेटमा उल्लेख छ।





आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।