वोमी लघुवित्तले बोलायो स्थगित साधारण सभा, लाभांश वितरण प्रस्ताव पारित गर्दै

Jun 18, 2020 12:28 PM Merolagani



वोमी लघुवित्त (WOMI) ले स्थगित साधारण सभा बोलाएको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि स्थगित भएको आठौं वार्षिक साधारण सभा, लघुवित्तले असार १९ गते बिहान साढे ११ बजे काभ्रेस्थित केन्द्रिय कार्यालयमा बोलाएको हो।

सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट २५ प्रतिशत अर्थात २ करोड ५२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १३ लाख ३० हजार रुपैयाँ बराबरको १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दैछ।

असार मसान्तसम्म १० करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात चुक्ता पूँजी १२ करोड ६३ लाख रुपैयाँ पुग्नेछ।

त्यसैगरी, सभामा अन्य उपयुक्त वित्तीय संस्था गाभ्ने तथा गाभिने प्रयोजनको लागि गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्दैछ।

त्यस्तै, संस्थापक शेयरधनीकोतर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत अघि सारेको छ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि लघुवित्तले फागुन ३० गतेदेखि बुकक्लोज गरेको थियो। यसअनुसार, फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।