दुई नयाँ विधासहित ११ विधामा पाचौं आइसिटी अवार्ड हुने

Jun 22, 2020 06:23 PM Merolagani

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) सोमबार (आज) देखि सुरु भएको छ । 

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६ गतेसम्म खुल्ला गरिएको हो।

कोरोनाको प्रभाव र महामारीको कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगष्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुनेछ । अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने भएको छ ।

यस वर्ष विभिन्न ११ विद्यामा आइसिटी अवार्ड आयोजना हुनेछ। इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन्। स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरु इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन्। यसैगरी, पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन्। डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरुलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन्। सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन्।

गतवर्ष स्टार्टअप आइसिटी अवार्ड ई–डिजिटल नेपालले प्राप्त गरेको थियो भने प्रडक्ट अवार्ड मेडिफ्लो सिस्टम एण्ड सर्भिसेसले प्राप्त गरेको थियो। स्टुडेन्ट राइजिङ अवार्ड रक्तदान प्रोजेक्टले प्राप्त गरेको थियो। यसैगरी, पायोनियर अवार्ड महावीर पुन, नेपाली डायस्पोरा अवार्ड डा. समीर मास्के र आन्टरप्रेनर्स अवार्ड अमित अग्रवालले प्राप्त गरेका थिए। डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोग र डिजिटल एजुकेशन अवार्ड नेपाल खुल्ला विश्वविद्यालयले प्राप्त गरेका थिए। पब्लिक च्वाइस अवार्ड किताबयात्राले प्राप्त गरेको थियो भने मिडिया पर्सन आइसिटी अवार्ड विजय तिमल्सिनाले पाएका थिए।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना जुरी सदस्य र १० बढी जुरी सल्लाहकार सदस्यहरू रहेका छन्। छनौट प्रक्रिया विभिन्न चरणहरूमा हुनेछ। स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट ५ छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधाहरूमा जुरी समूहले विभिन्न चरणमा छनौट प्रक्रिया सञ्चालन गर्नुहुनेछ। निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको आइसिटी अवार्डलाई यस वर्ष अझ परिष्कृत र प्रतिष्ठित बनाउने हाम्रो तयारी हुनेछ। यो वर्ष कोरोनाको संकटको कारण छनौट प्रक्रिया पनि बढी प्रविधिमैत्री हुनेछ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।